Logo

डी ककद्वारा टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा



काठमाडौं, १६ पुस । दक्षिण अफ्रीकाका पूर्व कप्तान क्विन्टन डी ककले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

उनले अचानक टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् ।

घर परिवारलाई थप समय दिन डी ककले टेस्ट क्रिकेटबाट सन्यास लिएको बताइएको छ ।

२९ वर्षीय डी कक विकेटकिपर ब्याट्सम्यान हुन् ।

उनले २०१४ मा अष्ट्रेलियाविरुद्ध खेल्दै टेस्टमा डेब्यु गरेका उनले दक्षिण अफ्रीकाका लागि ५४ टेस्टमा ३ हजार ३ सय रन जोडेका छन् ।



प्रतिक्रिया दिनुहोस्