Logo

आजदेखि हरर फिल्म ‘कठपुतली’ रिलिज



काठमाडौं, १६ पुस । आज शुक्रबारबाट देशभर फिल्म ‘कठपुतली’ प्रदर्शन भएको छ । हरर फिल्म देशभरका चलचित्र हलबाट एकैपटक प्रदर्शनमा आएको हो । फिल्म ‘चपली हाइट ३’को रिलिज मिति सारेपछि ‘कठपुतली’ लाई एकल प्रदर्शन अवसर जुरेको छ ।

फिल्मको बुधबार कमलपोखरी स्थित् बिग मुभिजमा ग्रान्ड प्रिमियर शो गरिएको थियो । प्रिमियर शोमा दर्शकहरुले राम्रो प्रतिक्रिया दिएका थिए ।

भिमसेन लामाको निर्देशनमा बनेको फिल्मको ट्रेलर आइतबार सार्वजनिक भएको थियो । फिल्म राजदरबार भित्रको कथामा आधारित छ ।

फिल्ममा कर्मा, गौरी मल्ल, मिथिला शर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापालगायतका कलाकारहरुको जोडदार अभिनय रहेको छ । फिल्मलाई पृथ्वीराज राना मगरले निर्माण गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot