Logo

तीन जना धामीलाई आज सरकारी वकिलसमक्ष पेश गरिदै



काठमाडौं, १६ पुस । महिलाको शरीरमा देउता चढेको निहुँमा पैतला चटाउने तीन जना धामीहरुमाथि प्रहरीले अनुसन्धान थालेको छ । उनीहरुलाई आज सरकारी वकिल समक्ष पेश गर्न लागिएको हो ।

हिरासतमा राखेर उनीहरुमाथी अनुसन्धान गरेपछि अब अदालती प्रक्रिया सुरु गर्न लागेको प्रहरीले जनाएको छ । अब प्रहरीले सरकारी वकिल मार्फत तीनजना धामीहरुलाई अदालतमा पेश गर्ने भएको छ ।

सोधपुछको क्रममा पीडित महिलाले धामीले नभई देवताले नै आफुलाई पैतला चटाएको बताएकी छिन् । सुर्खेतको लेकवेशी नगरपालिका–४ दशरथपुरमा भएको एक कुलपुजामा पुस ४ गते महिलालाई पुरुषहरुले झम्टिएको र पैताला चटाएको भिडियो सार्वजनिक भएको थियो । महिलामाथि झम्टिएको र पैताला चटाएको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्