Logo

हुस्सु हटेपछि आकाश खुल्यो, उडान सुचारु



काठमाडौं, १६ पौष । देशका अधिकांश भू-भागमा लागेको हुस्सु विस्तारै हटेको छ । विहान साँढे ११ बजेबाट हुस्सु विस्तारै हटेको हो ।

हुस्सु हटेपछि त्रिभुवन विमानस्थलमा उडान र अवतरण सुचारु भएको छ । विमानहरु उड्न र अवतरण गर्न थालेका छन् ।

यसअघि विहान भिजिविलिटि कम भएपछि जहाजहरु आकाशमै फन्को पार्न पुगेका थिए । कतिपय विमान ढाका र कलकत्ताको विमानस्थलमा अवतरण गरेका थिए ।

आन्तरिकतर्फको उडान पनि सुचारु भएको छ । केही दिनको वर्षापछि काठमाडौं उपत्यकालगायत तराईका भू-भागमा विहान हुस्सु लाग्न थालेको हो । अझै केही दिन विहान हुस्सु लाग्ने अनुमान गरिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot