Logo

अमेरिका-चीन प्रतिष्पर्धाबीच भारतको भूराजनीति



विपिन देव: भू-राजनीति भन्नाले भूगोलले राजनीतिलाई प्रभावित गर्ने बुझिएतापनि यसको परिभाषा र प्रयोगमा व्यापक परिर्वतन देखिएको छ । भू-राजनीतिलाई परिभाषित गर्ने विद्वान मेकाण्डा महशानले युरोपलाई केन्द्रमा राखेर भू-राजनीति परिभाषा गरेका छन् । वर्तमान परिवेषमा भू-राजनीति भूगोल, अर्थतन्त्र, कूटनीति, धरेलु राजनीति लगायत विभिन्न परिर्वतनहरूलाई पनि समाहित गर्दछ । राज्यको परराष्ट्रनीतिलाई सञ्चालन गर्ने चालक नै भू-राजनीति हो । भारत स्वतन्त्र हुन वित्तिकै संसार शित युद्धको कहरमा थियो । अमेरिका सामरिक र आर्थिक रुपमा अब्वल भएता पनि अमेरिकी सैन्य क्षमतालाई चूनौती दिन सक्ने क्षमता सोभियत रुसले विकसित गरिसकेको थियो । सोभियत रुसको सबभन्दा आकर्षक मुद्दा “साम्यवाद” नै थियो । पूर्वीय यूरोपदेखि उपनिवेशवादका चंगुल र चपेटामा रहेका एशियाका अधिकांश मुलुकहरू साम्यवादको हुरीवाट प्रभावित थिए ।

भारत स्वतन्त्र हुन वित्तिकै भारतको पहिलो लडाई गरिबी र पछौटेपनसंग नै थियो । सन् १९४७ ताका भारतीयहरूको सरदर आयु २७ वर्षको थियो भने साक्षरता दर १४५ मात्र थियो । महिला साक्षरता दर ८५ मा सिमित थियो । साम्यवादको आर्थिक कार्यक्रमबाट पण्डित नेहरु पनि सम्मोहित रहेको कुरा उनको पुस्तक “डिस्कोभरी अफ‘ इण्डिया”ले झल्काउँछ । भारतको भू-राजनीति कारणले गर्दा भारतको सामरिक आर्थिक सम्वन्ध सोभियत रुससंग सघन हुन पुर्याएको छ । स्वतन्त्र भारतको ठुलो चूनौती चीन र पाकिस्तानसँगको सम्वन्ध थियो । सन् १९५० मा चीनले तिब्वत कब्जा गरे पछि चीनिया सैनिक भारतको वोर्डरमा तैनाथ भए । हजारौं वर्षसम्म बुद्ध धर्म र आर्थिक सम्वन्धको कसीमा भारत र तिब्वतको सम्वन्ध प्रगाढ रही आएको थियो । तिब्वतमा चीनको आधिपत्य कायम हुनेवित्तिकै भारतको सम्वन्ध चीनसंग पृथक ढङ्गले अगाडि बढ्यो भने पाकिस्तानको जन्म “भारत विरोधी”नारा र विचारमा भयो । प्रष्ट रुपमा के भन्न सकिन्छ कि भारत ब्रिटिश साम्राराज्यबाट स्वतन्त्र भए पनि पाकिस्तान भारतवाट स्वतन्त्रता प्राप्त गर्यो । अर्थात् भारतीय स्वतन्त्रताको भाष्य विट्रिश सम्राराज्यवादी विरोध निर्माण भएको थियो भने पाकिस्तानको भाष्य हिन्दु संस्कृतीको विरोधमा निर्माण भएको थियो । पाकिस्तानको जन्म पश्चात भारत भौगोलिक रुपमा सेन्ट्रल एसिया र पश्चिम एसियाबाट विच्छेद भयो । यसबाट भारतको सामरिक चूनौती पनि थपियो ।

अर्थात् भारतको सामरिक चुनौतीलाई चीन र पाकिस्तान नीतिले बढी प्रभावित गरिरहेको हुन्छ । ९० को दशकमा भारतले नवउदारवादलाई आत्मसाथ गर्दै भूमंडलीकरणवाट परिर्वतित विश्वमा आफ्नो सम्र्पक र साझेदारी बढाएपछि भारतको सामरिक नीति पनि परिर्वतित भएको छ । सन् १९६२ पश्चात लगभग दुई दशकसम्म भारत र चीनको सम्वन्ध चिसिएको थियो । सन् २००८ को आर्थिक मन्दीले यूरोप लगायत पश्चिमा अर्थतन्त्र पूर्ण रुपमा प्रभावित भयो । यस परिवेशमा चीन र भारत व्यापारिक साझेदार भए । सन् १९९३ मा भारत र चीन विच भएको सन्धी र समझदारीले गर्दा व्यापारिक सम्वन्ध घनिभूत रुपमा अभिवृद्धि भयो । दुई अर्ब अमेरिकी डलरबाट सुरु भएको व्यापार सय अर्ब डलरमा वृद्धि भएको छ । अर्थात् खुला अर्थतन्त्र र नबउदारवादले गर्दा एका तर्फ चीन र भारत विकास र प्रगतिको धावक बन्न सफल भयो भने अर्को तर्फ यूरोप यसबाट नाकारात्मक रुपले प्रभावित भए ।

सन् १९८० मा संसारको जि.डि.पी.को ६४५ यूरोपले ओगटेको थियो भने सन् २०१६ मा ४२५ हुन पुग्यो । यूरोपको जि.डि.पी. खुम्चिने क्रम जारी नै छ । अर्को तर्फ चीनको जी.डि.पी. २.३५ वाट १७५ हुन पुगेको छ भने भारतको पनि ३५ वाट ७.४५ हुन पुगेको छ । भारत र चीनले द्दठठ मिलियन जनतालाई गरिवीको रेखावाट उन्मूक्ति दिन सफल भएका छन् । भारतले मात्र १७ करोड जनतालाई गरिवीको रेखावाट माथि उकास्न सफल भएको छ । एका तर्फ चीन आर्थिक रुपमा महाशक्तिको रुप लिदै छ भने सामरिक रुपले अमेरिकाको सर्वोच्चता कायम नै रही आएको छ । संसारको हरेक कुनामा सैनिक परिचालन गर्ने सैन्य क्षमता अमेरिकासंग मात्र रहेको छ ।

चीन वर्तमान अवस्थामा पनि क्षेत्रिय सैनिक शक्ति मात्र रहेको छ । चीनको वरिपरिको क्षेत्र तनाव ग्रस्त रहेको छ । चिनियाँ आक्रमक शैलीले जानकारहरुले चिनियाँ वरिपरिको क्षेत्रलाई “होट स्पट” भन्ने गर्दछ । अर्थात् पूर्वीय चीन सागर, दक्षिण चीन सागर, सिन्काउ टापु, भारतसंग ग्लावामन तनाव, ताइवान जस्ता कारणले गर्दा चीनले आफ्ना वरिपरिको क्षेत्रमा नै सैन्य र सामरिक चुनौतीको लागि तयार हुनु परेको छ । अर्थात् भारतको सामरिक चुनौती नै चीन र पाकिस्तानसँगको सम्बन्ध व्यवस्थापन गर्नु हो । परराष्ट्र नीति परिचालनमा भारतीय नेतृत्व अब्बल रहेको जानकारहरूको बुझाई रहेको छ । भारतको असंलग्न परराष्ट्रनीतिको सफलता सत्तरीको दशकमा हेर्न सकिन्छ । असंलग्नता एक किसिमले सामरिक स्वतन्त्रता नै हो । सत्तरीको दशकमा चीन र अमेरिका पाकिस्तानको पक्षमा उभिएता पनि भारतीय सैनिक बल र असंलग्न परराष्ट्रनीतिले गर्दा वंगलादेशको जन्म सम्भव भयो । अर्थात् असंलग्न परराष्ट्रनीतिले गर्दा विश्व जनमतले बङ्गलादेशको जन्मलाई अनुमोदन गर्यो ।

भारत बंगलादेशको धाइ आमा बन्न सफल भइन । वर्तमान परिवेशमा भारत कर्वाडको सक्रिय सदस्य भए पनि सामरिक स्वतन्त्रतालाई सुरक्षित राखेको छ । कर्वाडका सदस्यहरू जापान र अष्ट्रेलिया अमेरिकासँग सुरक्षा मामलामा नजिक भएता पनि भारतले त्यसबाट आफूलाई स्वतन्त्र राखेको छ । बदलिदो भू(राजनैतिक अवस्थामा भारतको प्रमुख चुनौती चीनसँगको सिमा विवाद अन्त्य गर्नु हो । चीनको सम्वन्ध जापान, दक्षिण कोरिया, आशियान लगायत अंघिकाश छिमेकीसँग चिसिएको बेला भारतले चीनबाट विस्ताथित पू‘जीलाई आफ्नो देशमा उपयुक्त वातावरण बनाउन सामरिक र कूटनीतिक अभ्यास गर्नु पर्दछ । पूर्वाधार र पू‘जीमा अब्बल हुन वित्तिकै प्रजातान्त्रिक र खुला समाजमा लगानी मैत्री वातावरणको निर्माण हुन सक्दछ । यस परिवेशमा भारतको भू(राजनैतीक चूनौती नै तनाव शिथिलिकरण गर्दै आर्थिक विकासको लागि जमर्को गर्नु हो ।

 



प्रतिक्रिया दिनुहोस्