Logo

‘गोलाप्रथाबाट पेसी तोक्ने निर्णय भइसक्दा पनि बार आन्दोलनमै’



काठमाडौं, १६ पुस । नेपाल बार एसोसिएसनको आन्दोलनले ६१ दिन नाघेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा दिनुपर्ने भन्दै सुरु भएको आन्दोलन ६१ दिन कट्दासमेत निकास भने निस्केको छैन ।

संघीय संसदका दलहरुलाई प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाएर हटाउनुपर्ने माग गरे पनि नेताहरूले उचित निकास ननिकाल्दा बारको आन्दोलन अझै निष्कर्षविहीन अवस्थामा छ । बारको मागबमोजिम गोलाप्रथाबाट पेसी तोक्ने निर्णय भइसक्दा पनि बार भने आन्दोलनमै छ । प्रधानन्यायाधीश राणाको राजीनामा उसको बटलमलाइन देखिएको छ ।

बारका पदाधिकारीले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुलाई भेटेर नै प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउन विलौना गरेका थिए । तर, दलका नेताहरुले भने यसबारेमा कुनै आश्वासन नदिएपछि अहिले बारको आन्दोलन पनि कमजोर बनेको छ । प्रधानन्यायाधीश जबराले त आफू संवैधानिक बाटोमार्फत नियुक्त भएकोले हटाउने भए सोही बाटो अपनाउन सार्वजनिक चूनौति दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot