Logo

वीपीसँग मेलमिलापको नीति लिएर भारतबाट को को आएका थिए ?



काठमाडौं, १६ पौष । राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर १६ पौष २०३३ मा नेपाली काँग्रेसका तत्कालीन नेता वीपी कोइराला स्वदेश फर्किएका थिए । उनी भारतबाट स्वदेश फर्कंदा उनीमाथि फाँसीको मागसहितको मुद्दा थियो ।

वीपीले विदेशी भूमिमा भन्दा स्वदेश फर्किएर संघर्ष गर्ने निधो गरेका थिए । उनले राष्ट्रिय एकता र मेलमिलापको नीति लिए । उनीसँगै भारतबाट फर्किनेहरुमा गणेशमान सिंह पनि थिए । सिंहमाथि पनि गम्भीर मुद्दाहरु थिए । वीपीले निकै विश्वास गर्नेहरुमा गणेशमान पर्दथे ।

वीपीसँग फर्किनेहरुमा शैलजा आचार्य पनि थिइन् । उनी लामो समय काँग्रेसको राजनीतिमा सक्रिय भएर दिवंगत भइन् । निलाम्बर पन्थी, रामबाबु प्रसाईं र खुमबहादुर खड्का पनि वीपीसँगै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्