Logo

पारसको ५०औं जन्मदिनमा २६ लाखको पार्टी



काठमाडौं, १६ पौष । हिजो पूर्वयुवराज पारस शाहको जन्मदिन । उनी हिजो ५० वर्ष पुगे ।

यसपटक पारसको जन्मदिन पूर्व राजपरिवारले तामझामका साथ मनाए । होटल सोल्टीमा पूर्वराजपरिवारका सदस्य जन्मदिन मनाउन पुगेका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी, पारसका सन्तान, बहिनीहरुका अलावा राजपरिवारका नातेदारको ठूलै जमघट भएको थियो । २ सय जनाका लागि हल बुक गरिएको थियो ।

पारसको जन्मदिनमा राति अबेरसम्म कक्टेलसहितको भोज चलेको थियो । नाँचगान पनि खूबै जमेको थियो ।

रातभर २ सय जनाका लागि चलेको भोजमा २६ लाख जति बिल आएको बुझिएको छ । ब्रान्डेड महङ्गा रक्सी, कन्टिनेन्टल खाना र तामझामका कारण पनि बिल बढी आएको बुझिएको छ ।

पछिल्लो समय पारसमा निकै सुधार देखिएको छ । उनी सामान्य अवस्थातर्फ फर्किएकाले पनि जन्मदिनमा यसपटक राम्रै जमघट गर्ने गरी सोल्टीमा पार्टी आयोजना भएको बुझिएको छ । परिवारसँग नजिकिएका पारस पनि निकै उत्साही भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot