Logo

सेनापति किन दुई हप्ता घरबिदा बस्दैछन् ?



काठमाडौं, १९ पौष । प्रधानसेनापति प्रभुराम शर्मा दुई हप्ता घरबिदा बस्दैछन । उनी घर बिदामा बस्ने भएपछि मन्त्रिपरिषदले कायममुकायम भई प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी बलाधिकृत रथी बालकृष्ण कार्कीलाई तोक्ने गरी सिफारिश गरेको छ ।

रथी कार्कीले दुई हप्ता सेनापतिको कार्यभार कायममुकायम भई सम्हाल्नेछन् । दुई हप्ता सेनापति बिदामा बस्न लाग्नुलाई चासोका साथ हेरिएको छ ।

सैनिक स्रोतले पारिवारिक कामले बिदामा बस्न लागेको बताएको छ । यसबारे भोलिसम्ममा वृस्तृत रुपमा खुलाइने सेनाले जनाएको छ ।

हालैमात्र सेनामा व्यापक सरुवा भएको छ । सेनाको इन्टेलिजेन्स, उपत्यका कमाण्ड, प्रवक्तालगायत महत्वपूर्ण निकायमा सरुवा भएको छ । सरुवासँगै शर्माले आफ्नो कोर टिमलाई महत्वपूर्ण जिम्मेवारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्