Logo

‘०४६ पछिका सबै महान्यायाधिवक्ताहरुको समेत सम्पत्ति छानबिन गर्न माग’ (भिडिओसहित)



काठमाडौं, १६ पुष । स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीशहरू र नेपाल बार एसोसिएसनका पदाधिकारी तथा बारका पूर्व अध्यक्षहरू लगायतको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ । अभियानले ०४६ सालपछिका सबै महान्यायाधिवक्ताहरुको पनि सम्पत्ति छानबिन गर्न माग गरेको छ ।

न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरू, न्यायाधीशहरू, बेञ्च बार समन्वय समिति लगायतको पनि संलग्नता रहेको भन्दै शुक्रबार अभियानका संयोजक स्वागत नेपालको नेतृत्वमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता गरिएको हो । नेपालको टोलीले विभागका उपमहानिर्देशक कमल ढकाललाई आज उजुरी पत्र बुझाएको हो ।

https://www.facebook.com/watch/live/?ref=watch_permalink&v=1538425923185150

 



प्रतिक्रिया दिनुहोस्

Screenshot