Logo

अभिनेत्री अदिती बुढाथोकी कोरोना संक्रमित



एजेन्सी, १७ पुस। अभिनेत्री अदिती बुढाथोकीलाई कोरोना संक्रमण भएको छ । उनले बुधवार इन्स्टाग्राममार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् । मंसिर दोस्रो साता सिक्किममा फिल्म ‘बाबरी’ को छायांकन पूरा गरेर उतैबाट उनी मुम्बई गएकी थिइन्। मुम्बईको अस्पतालमा दुई चरणको भेरोसेल खोप लगाइसक्दा समेत उनलाई कोरोना संक्रमण भएको हो ।

उनले इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘मैले कोभिड १९ को परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको छ । मलाई सामान्य लक्षण देखिएपछि कोरोना परीक्षण गराएको थिएँ । अहिले मैले आफूलाई आफैंदेखि अलग राखेको छु । जो कोही केही दिनदेखि मेरो सम्पर्कमा हुनुहुन्थ्यो, कृपया परीक्षण गराउनुहोला ।’ अदितीले विगत लामो समयदेखि मुम्बईमा बसेर मोडलिङ गर्दै आएकी छन् । उनले फिल्म ‘कृ’ बाट अभिनेता अनमोल केसीको अपोजिटमा अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्