Logo

माओवादीको विधान मस्यौदा अनुमोदन, २९९ सदस्यीय केन्द्रिय समिति र १५ पदाधिकारी रहने



काठमाडौं, १७ पुष । नेकपा (माओवादी केन्द्र) को विधान मस्यौदा अनुमोदन भएको छ । यसअघि अन्तिम केन्द्रीय समिति बैठकमा प्रस्ताव गरिएको विधान मस्यौदा केही परिमार्जनसहित ८औं महाधिवेशनको बन्दसत्रबाट पारित भएको हो । विधान मस्यौदा नेता देव गुरुङले प्रस्तुत गरेका हुन् ।

अनुमोदित विधानअनुसार माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ । त्यस्तै, १५ जना पदाधिकारी रहने विधानमा व्यवस्था गरिएको छ। नयाँ विधान अनुसार पदाधिकारीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot