सन् २०२१लाई फर्किएर हेर्दाः ओडिआईमा सर्वाधिक विकेट लिने तेस्रो बलर बने सन्दीप


काठमाडौं, १७ पुस । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने सन् २०२१मा ओडिआई क्रिकेटमा सर्वाधिक विकेट लिने तेस्रो बलर बनेका छन् ।

लेगस्पीनर रहेका सन्दीपले ६ खेलको ५ इनिङमा बलिङ गर्दै १८ विकेट लिएका छन् । उनले ४१.५ ओभर बलिङ गर्दै १ सय ३३ रन खर्चेर १८ विकेट लिएका हुन् । श्रीलंका दुश्मन्था चामिराले १४ खेलमा १३ इनिङमा बलिङ गर्दै सन् २०२१मा २० विकेट लिए । उनी पहिलो नम्बरमा छन् ।

यस्तै, आयरल्यान्डका सिमी सिंह १३ खेलको ११ इनिङमा १९ विकेटका साथ दोस्रो स्थान छन् भने नेपालका कप्तान सन्दीप लामिछाने तेस्रो स्थानमा रहेका छन् । तर, पहिलो र दोस्रो हुने चामिरा र सिहंले सन्दीप भन्दा धेरै खेल खेलेका छन् । यसर्थमा सन्दिपको प्रदर्शनलाई उत्कृष्ट मान्न सकिन्छ ।

सन्दीपले सन् २०२१मा भएको ओडिआईमा दक्षिण अफ्रिका कागिसो रबाडाका रअफगानिस्तानका राशिद खान जस्ता स्टार बलरलाई समेत पछि पारेका हुन् ।

दक्षिण अफ्रिका कागिसो रबाडाले यस वर्ष भएका ओडिआईमा ७ खेलमा ९ विकेट लिए भने बंगलादेशका राशिद खानले ३ खेलमा ७ विकेट लिएका छन् ।