Logo

माओवादीको बन्दसत्र र चुनावी प्रक्रिया भोलिसम्मका लागि स्थगित



पुष १७, काठमाण्डौ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । शनिबार रातिका लागि निर्वाचन कार्यक्रम तोकिएकामा ती सबै कार्यक्रम आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

शनिबार नै निर्वाचन समितिले मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्ता हुँदै मतदानसम्मको कार्यतालिका सार्वजनिक गरेको थियो । यसबीचमा नेताहरुबीच सहमतिको प्रयास पनि भइरहेको थियो । तर सहमति जुटेको छैन । यद्यपी पुनः भोलिसम्म सहमतिको प्रयास गर्नका लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको हो ।

आइतबार दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा सहमतिमा केन्द्रीय सदस्यहरुको नाम घोषणा गर्ने गरी अहिले छलफल भइरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु भएको थियो ।

तस्वीर : मुकुन्द कालिकोटे

 



प्रतिक्रिया दिनुहोस्