Logo

प्रतिनिधि सभा बैठक स्थगित



काठमाडौँ, १८ पुस । संघीय संसद् प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । संसद् सचिवालयले संसद्को‌ तेस्रो दल नेकपा (माओवादी केन्द्र)को महाधिवेशन चलिरहेकाले बैठक स्थगित गरिएको जनाएको हो।

सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए । माओवादी केन्द्रको आग्रहमा बैठक स्थगित गरिएको हो ।

सचिवालयले बैठक स्थगितबारे केही बेरमा सूचना प्रकाशित गर्दैछ । संसद् बैठकअघि बोलाइएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ । संसद्‌मा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर विरोध गर्दै आएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्