Logo

३ ठुला प्रोजेक्टबाट कमब्याक गर्दै अनुष्का



एजेन्सी, १८ पुस । बलिउड अभिनेत्री अनुष्का शर्माको अन्तिम फिल्म ‘जिरो’ २०१८ मा रिलिज भएको थियो । फिल्ममा शाहरुख खान र क्याट्रिना कैफको पनि मुख्य भुमिका थियो । उक्त फिल्म फ्लप भएपछि अनुष्का र शाहरुख खानले ठुलो पर्दाको फिल्ममा दुरी बढाएका थिए ।

तर, अनुष्का पर्दा पछाडी भने सक्रिय छिन् । अनुष्का पछिल्लो समय छोरी वामिका र पति विराटसँग समय व्यतित गर्दै आएकी छिन् । अब २०२२ मा अनुष्का ३ ठुला प्रोजेक्टबाट फिल्ममा कमब्याक गर्दैछिन् ।

यसमध्ये दुई थिएटरमा प्रदर्शन हुनेछ र एक ओटीटी फिल्मबाट प्रदर्शन हुनेछ । अनुष्काको ओटीटी फिल्म भारतकै सबैभन्दा महगों डिजिटल प्रोजेक्ट हुने जनाइएको छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्