Logo

वडा कार्यालय र स्वास्थ्यचौकी भवन शिलान्यास



बनेपा, १८ पुस: काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ५ कानपुरको वडा कार्यालय र स्वास्थ्यचौकी भवन एकसाथ शिलान्यास गरिएको छ । नगर प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले शनिबार दुवै भवन शिलान्यास गरेका हुन् ।दुवै सुविधा सम्पन्न भवन यही आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष्य छ । वडा कार्यालयको भवन भ्याटबाहेक रु ३९ लाख ७१ हजार ६४२ मा निर्माणका लागि गतिशील निर्माण सेवा हेटाँैडासँग ठेक्का सम्झौता भएको छ भने स्वास्थ्यचौकी भवन निर्माणका लागि राज कन्स्ट्रक्सन काठमाडौँसँग भ्याटबाहेक २१ लाख ८१ हजार २३५ मा ठेक्का सम्झौता भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले यसअघि वडा नं २, ३, ६, ७, ८, ९, १० र ११ को वडा कार्यालय भवन निर्माण गरी सेवा प्रवाहसमेत भइसकेकोे छ भने यसै वर्षभित्र सम्पन्न गर्ने गरी वडा नं ४ को भवन पनि निर्माण भइरहेको छ । यस्तै वडा नं १ को भवनको निर्माणकार्य थाल्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ । वडा कार्यालयसँगै स्वास्थ्यचौकी भवन पनि निर्माण हुने भएपछि सो वडामा स्वास्थ्यको दुईवटा भवन हुने भएको छ । यसअघि नै कानपुरको बोहोरेमा पनि ग्रामीण स्वास्थ्य केन्द्र निर्माणको अन्तिम चरणमा पुगेको वडाध्यक्ष बुद्ध सिं तामाङले बताए ।-रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot