Logo

माओवादीको निर्वाचन कार्यतालिका संशोधित, उम्मेद्धवार मनोनयन दर्ताको समय ४ बजे पुर्याईयो



काठमाडौं, १८ पुष । नेकपा (माओवादी केन्द्र) को जारी आठौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी र पदाधिकारी चयन हुँदैछ । अहिले अध्यक्ष पुष्पकमल दाहाल सहमतिमै केन्द्रीय कमिटी र पदाधिकारीको नाम चयन गर्नेगरि छलफलमा जुटेका छन् ।

उता, पार्टीको केन्द्रीय निर्वाचन समितिले भने निर्वाचन तालिका तेस्रो पटक संशोधन गरेको छ । पार्टीभित्र सहमतिकै आधारमा नेतृत्वसहितको केन्द्रीय कमिटी घोषणा गर्नका लागि छलफल जारी रहे पनि निर्वाचन समितिले फेरि निर्वाचन तालिका संशोधन गरेको हो ।

शनिबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको निर्वाचन समितिले अर्को संशोधन तालिका सार्वजनिक गरेर आइतबार दिउँसो २ बजेदेखि गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरेको थियो । अहिले तेस्रो पटक सारेर दिउँसो ४ बजेका लागि निर्वाचनको संशोधित कार्यतालिका सार्वजनिक गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot