Logo

काठमाडौंको घट्टेकुलोमा तापिरहेको आगो शरीरमा सल्किदा महिलाको मृत्यु



काठमाडौं, १८ पुस । काठमाडौंमा एक बृद्ध महिलाको तापिरहेको आगो शरीरमा सल्किदा मृत्यु भएको छ । घट्टेकुलोकी ८० वर्षीया नन्दाकुमारी बस्नेतको हिजो राति आगोले जलेर मृत्यु भएको हो ।

गम्भिर घाइते भएकी बस्नेतको उपचारको क्रममा किर्तीपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी आफ्नै घरमा आगो ताप्ने क्रममा आफैले लगाएको कपडामा आगो सल्किएर गम्भिर घाइते भएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot