Logo

काँग्रेसको वरियतामा जीवन शाही पछि प्रदीप पौडेल र कल्याण गुरुङ



काठमाडौं, १८ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीमा पराजित तीन जनालाई पदाधिकारीमा मनोनित गर्दा वरियताबारे चासो बढेको छ । सभापतिमा पराजित कल्याण गुरुङलाई तीनजनामा सबैभन्दा तल्लो वरियतामा राखेका छन् ।

सहमहामन्त्रीमा पराजित जीवनबहादुर शाही महामन्त्रीमा पराजित प्रदीप पौडेलको भन्दा माथिल्लो वरियतामा राखिएका छन् । शाही कर्णाली प्रदेशका मुख्यमन्त्री तथा केन्द्र सरकारका पूर्व पर्यटनमन्त्री समेत हुन् ।

पौडेल नेविसंघका पूर्व सभापति हुन् । गुरुङ पनि नेविसंघका पूर्वसभापति हुन् । नेविसंघमा प्रदीप पौडेलभन्दा अगाडि गुरुङ सभापति बनेका थिए । तर, गुरुङ पौडेलभन्दा वरियतामा पछाडि राखिएका छन् ।

देउवाले वरियता मिलाउँदा पूर्व पदाधिकारी वा राजनीतिमा अनुभव र प्रभावलाई समेत दृष्टिगत गरेर मापदण्ड तोकेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot