Logo

प्रचण्डको परिवारबाट ४ केन्द्रीय सदस्य



काठमाडौं, १८ पौष । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले २३६ केन्द्रीय सदस्य घोषणा गर्दा कतिपय एउटै परिवारका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारबाट ४ जना केन्द्रीय सदस्य चयन भएका छन् ।

प्रचण्डको नाम खुल्लातर्फको २३औं नम्बरमा केन्द्रीय सदस्य घोषणा भएको छ । उनका भाई नारायण दाहालको नाम खसआर्यतर्फको पहिलो नम्बरमा छ ।
प्रचण्डकी छोरी रेनु दाहालको नाम खसआर्य महिलातर्फमा छ । उनी भरतपुर महानगरपालिकाकी मेयर हुन् । रेनुलाई प्रचण्डले राजनीतिमा अगाडि बढाउन लागेको सन्देश दिइसकेका छन् ।

प्रचण्डकी बुहारी विना मगरको नाम जनजाति युवा महिलाको पहिलो नम्बरमा छ । पूर्वखानेपानीमन्त्री समेत रहेकी विना मगर प्रत्यक्ष निर्वाचित सांसद पनि हुन् ।

माओवादीका कतिपय पति पत्नीको नाम केन्द्रीय सदस्यको सूचीमा छ । वर्षमान पुन र ओनसरी घर्तीमगर केन्द्रीय सदस्य चयन भएका छन् । देवेन्द्र पराजुली र कल्पना धमला पनि केन्द्रीय सदस्यको सूचीमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्