Logo

प्रचण्डको दाबी : पदाधिकारीमा लगभग सहमति भैसकेको छ, भोलि टुंगो लाग्छ



काठमाडौं, १८ पुस : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारीको टुंगो भोलि लाग्ने बताएका छन् । नेकपा माओवादीको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा प्रचण्डले पदाधिकारीमा लगभग सहमति भएको बताउँदै भोलि टुंगो लाग्ने दाबी गरे । सोमबार बस्ने केन्द्रीय समिति बैठकले टुंगो लाग्ने उनको भनाइ थियो ।

‘विधान अनुसार पदाधिकारी केन्द्रीय समितिले टुंगो लगाउने हो,’ उनले भने, ‘कतिपयले आजै टुंगो लगाऔं भने तर भोलि नयाँ केन्द्रीय समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर पदाधिकारी टुंगो लगाउने छ । पदाधिकारीमा करिब सहमति भइसकेको छ।’  माओवादीमा १५ पदाधिकारीको व्यवस्था गरिएको छ ।  तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्