Logo

आरजुले भाजपाका विदेश विभाग प्रमुखसँग भेटेपछि भीम रावलले उठाए यस्तो प्रश्न



काठमाडौं, १८ पुष । नेकपा (एमाले) का पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावलले नेपाली कांग्रेस सदस्यसमेत रहेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले भारतीय सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेसँग गरेको भेटवार्तालाई लिएर प्रश्न उठाएका छन् ।

आजमात्रै दिल्लीमा रहेकी आरजुले चौथाईवालेसँग भेटवार्ता गरेको समाचार आएको थियो । सो लगत्तै नेता रावलले के अब नेपालको परराष्ट्र मामिलामा श्रीमान् र श्रीमती मामिला, स्वार्थ र प्रवृत्तिको प्रवेश हुन लागेको हो ? भनेर प्रश्न सोधेका छन् ।

कांग्रेस नेतृ आरजु राणा नयाँ दिल्लीमा, बिजेपी विदेश विभाग प्रमुख चौथाइवालेसँग भेट

उनले लेखेका छन्-‘श्रीमती आरजू राणा देउवाको भाजपाका विदेश विभाग प्रमुखसंग नयाँ दिल्लीमा वार्ताको समाचार आयो, के अब नेपालको परराष्ट्र मामिलामा श्रीमान् र श्रीमती मामिला, स्वार्थ र प्रवृत्तिको प्रवेश हुनलागेको हो ?’



प्रतिक्रिया दिनुहोस्