Logo

मेरो सभापति देउवा हो, अहिलेपनि मेरो सहकार्य नै छ नि : महामन्त्री शर्मा (भिडिओसहित)



काठमाडौं, १९ पुष । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र कुनै रिस, राग र द्धेष नभएको स्पष्ट पारेका छन्। हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

गुट भनेको ‘पास्ट टेन्स’ हो, ‘प्रिजेन्ट टेन्स’ भनेको कांग्रेस मात्र होः विश्वप्रकाश शर्मा

अब साझा ढंगले सोचेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले आफ्नो सभापति शेरबहादुर देउवा नै भएकोले अहिलेपनि देउवासँग सहकार्य नै रहेको सुनाए । उनले हिजोपनि आफू पार्टीको प्रवक्ताको रपमा रहेको र सहकार्य गरेको सुनाए । उनले आफू र गगन थापाबीच सुमधुर सम्बन्ध रहेको सुनाए । उनले गगन थापा एक सुयोग्य नेताको रुपमा उदाएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot