Logo

जनमत पार्टीका कार्यकर्ताद्धारा ट्रकमा आगजनी, चालक र सह–चालक घाइते



धनुषा, १९ पुस । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयामा ट्रकमा आगजनी गरेका छन् । हिमालय सुगरमिल्समा उखु पु¥याएर पश्चिमतर्फ जाँदै गरेको ना५ख १००९ नम्बरको ट्रकमा बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले आगजनी गरेका हुन् ।

बन्दकर्ताले ट्रकमा पेट्रोल छर्केर आगजनी गरेपछि चालक र सहचालक घाइते भएका छन् । उनीहरुको मिर्चैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा आए पनि पुर्ण रुपमा ट्रकमा क्षति पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्