Logo

जब दक्षिण कोरियाली नागरिक सीमा पार गरेर उत्तर कोरिया भागेपछि…



विश्वकै कडा सुरक्षा बल तैनाथ गरिएको सिमाना पार गर्दै पहिचान नखुलेको एक दक्षिण कोरियाली नागरिक उत्तर कोरिया भागेको आइतबार दक्षिण कोरियाका सेनाले जनाएको छ ।

उनले शनिबार रातिको ९ बजे दुई कोरियालाई छुट्याउने डीएमजी जोन प्रवेश गरि उत्तर कोरिया भागेको जनाइएको छ । यसमा ती व्यक्ति ज्युँदै पुगे या उनको अवस्था केकस्तो छ भन्ने चाहिँ स्पष्ट पारिएको छैन । तरपनि सैन्य हटलाइनमार्फत उनको सुरक्षाका लागि नोटिस पठाइएको छ ।

सिमाना पार गर्नु दक्षिण कोरियामा अवैध मानिन्छ । उता उत्तर कोरियामा पनि कोरोना भाइरसका कारण सिमानामा अत्यन्तै कडाइ अपनाइएको छ । यसअघि एक दक्षिण कोरियाली मछुवारा उत्तरतर्फको सिमानामा बेपत्ता भएका थिए जसलाई पछि उत्तर कोरिायली सेनाहरुले गोली हानेर मारेको खुलासा भएको थियो ।

उत्तर कोरियाले यसका लागि भाइरस विरद्धको नियमलाई जिम्मेवार ठहर्याउँदै माफी मागेको थियो । दुई महिना अगाडि उत्तर कोरियाली प्रमुख किम जोङ उनले राष्ट्रिय आपतकाल घोषणा गरि सिमाना पूर्ण रुपमा बन्द रहने बताएका थिए । यसरी उत्तर कोरियामा जारी लकडाउनकै कारण त्यहाँबाट दक्षिण कोरिया भाग्ने दर अहिलेसम्मकै कम बिन्दुमा झरेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्