Logo

प्रशिक्षक पुवुदुले भने-‘एक-दुई दिनभित्रै सबै खेलाडी बन्द प्रशिक्षणमा आउँछन्’



काठमाडौँ, १९ पुस। नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुवुदु दशानायकेले एक-दुई दिनभित्रै सबै खेलाडी बन्द प्रशिक्षणमा सहभागी हुने बताएका छन्। आज (सोमबार)देखि सुरू भएको राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सबै खेलाडी उपस्थित नभएपछि उनले एक-दुई दिनमा सबै खेलाडी सहभागी हुने बताएका हुन् ।

सोमबार सुरु बन्द प्रशिक्षणमा कारवाहीमा परेका चारसहित नौ खेलाडी अनुपस्थित भएका थिए। प्रशिक्षक दशानायकेले भोलि र पर्सिसम्म सबै खेलाडी सहभागी हुने विश्वास व्यक्त गरे। उनले भने‚ ‘सबै खेलाडी भोलि वा पर्सिसम्म क्लोज क्याम्पमा उपस्थित हुने विश्वास मलाई छ।’

प्रशिक्षक दशानायकेले अहिले सबै कुरा आफूले भन्न हतारो हुने भन्दै क्यानले आधिकारिक धारणमा सार्वजानिक गर्ने बताए। उनले आफूसँगको छलफल उत्साहपूर्ण रहेको बताए। ‘क्रिकेट एसोसिएसन र खेलाडीबीचको छलफल निक्कै सकारात्मक छ‚’ उनले भने‚ ‘सबैले क्रिकेट अनि राष्ट्रिय टिमलाई महत्वपूर्ण मान्ने भएकाले समस्या समाधान गर्न मुस्किल छैन।’-File Photo



प्रतिक्रिया दिनुहोस्