Logo

एकै दिन तीनवटा पुस्तक विमोचन



पुष १९, काठमाण्डौ । आइतबार एकैदिन तीन वटा पुस्तक विमोचन गरिएको छ । संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुस्तकहरु विमोचन गरेका हुन् ।

विमोचन गरिएका पुस्तकहरुमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव विपिन घिमिरेको संयोजकत्वमा कृष्णप्रसाद दाहालद्वारा सम्पादित तथा प्रा डा. लय मैनालीले लेखकहरुको संयोजन गरेको पुस्तक मूर्तिकलाको विकासमा ठाुकर प्रसाद मैनाली, डा. रामकुमार भौकाजीद्वारा लिखित समस्यामा नेपाली कला र कलाकर्मी र डा. याम प्रसाद शर्माद्वारा लिखित सोसिओ पोलिटिक डाइनामिक अफ नेपाली पेन्टिङ रहेका छन् ।

पुस्तक विमोचन गर्दै मन्त्री कार्कीले ललितकला प्रज्ञा प्रतिष्ठानले ललितकलाको क्षेत्रमा गर्ने सबैखाले काममा सरकारकातर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरी प्रतिष्ठानका सदस्य सचिव घिमिरेले स्वागत मन्तव्यमा कला मानवीय जीवनलाई रङ्गीन र उत्साहित बनाउने महत्वपूर्ण माध्यम भएको बताए । आफू मात्र उत्प्रेरित हुने व्यक्ति कलाकार हुन नसक्ने भन्दै घिमिरेले सहि अर्थमा जसले समाज र समुदायलाई उत्प्रेरित गर्दछ त्यो नै सही अर्थमा कलाकार हुने तर्क गरे ।

त्यसैगरी लेखक तथा समिक्षक मुकेश मल्लले तीन वटा पुस्तकको समिक्षा गरेका थिए भने अर्का लेखक डा. याम प्रसाद शर्माले आफूले लेखेको पुस्तक सोसिओ पोलिटिक डाइनामिक अफ नेपाली पेन्टिङका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा वरिष्ठ कलाकारहरुको उपस्थिती रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्