Logo

शेखर कोइराला काँग्रेसको २७औं वरियतामा



काठमाडौं, २० पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिमा पराजित डा. शेखर कोइराला २७औंं वरियतामा पुगेका छन् । यसअघि २०औं वरियतामा रहेका शेखर केन्द्रीय सदस्यमा नयाँ सदस्य मनोनित भएपछि धकेलिएर २७औं मा पुगेका हुन् ।

काँग्रेसको वरियतामा सभापति शेरबहादुर देउवापछि रामचन्द्र पौडेललाई राखिएको छ । त्यसपछि पदाधिकारीहरु राखिएका छन् ।

केन्द्रीय सदस्यमा सबैभन्दा माथि गोपालमान श्रेष्ठ छन् । उनीपछि प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छेदार, कृष्णप्रसाद सिटौला, डा. सशांक कोइराला छन् ।

काँग्रेसको १९ पौषमा बसेको केन्द्रीय कमिटी बैठकमा नयाँ वरियता निर्धारण गरिएको हो । जसमा पदाधिकारी र पूर्व पदाधिकारीलाई माथिल्लो वरियतामा राखिएको छ । देउवाले काँग्रेस प्रजातान्त्रिकमा पदाधिकारीमा रहेकालाई पनि पूर्व पदाधिकारीका रुपमा मान्यता दिएर माथिल्लो वरियतामा राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot