Logo

प्रधानमन्त्री देउवा धरानमा



काठमाडौं, पुस २० । ‘धरान डे’ लगायत विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा धरान पुगेका छन्। मंगलबार १० बजे प्रधानमन्त्री देउवा हेलिकोप्टरमार्फत् धरान पुगेका हुन् ।

धरान उपमहानगर स्थापनाको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी देउवा धरान पुगेका हुन् । आज उपमहानगरले सार्वजनिक बिदासमेत दिएको छ ।

प्रधानमन्त्री देउवाले धरानमा रहेको नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ को नवनिर्मित पार्टी कार्यालय भवनको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

साथै देउवाले धरान ६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गर्ने र धरान ८ स्थित तीनकुने सुन्दरी बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्