Logo

एप्पलकोको बजार पूँजीकरण तिन ट्रिलियन डलर



एजेन्सी, २० पुस । अमेरिकन कप्पनी एप्पलको बजार पूँजिकरण हालसम्मकै उच्च भएको छ । सोमबार एप्पलको बजार पूँजीकरण ३ ट्रिलियन डलर पुगेको हो ।

सोमबार दिउँसो यस कप्पनीको सेयरमूल्य ३ प्रतिशतले बढेर १८२.८८ डलरमा कारोबार भएको थियो । तर, कम्पनीको शेयर काराबार बन्द हुँदासम्ममा घटेर २.९९ ट्रिलियन डलरमा झरेको थियो ।

अक्टोबरपछि कम्पनीले अहिलेसम्म आफ्नो बजार पूँजीकरणमा करिब ७०० बिलियन डलर थपेको छ । कोरोना महामारीबिचमा भएको लकडाउनमा कम्पनीलाई सबैभन्दा धेरै नाफा भएको थियो ।

एप्पलले यस उपलब्धिका साथ भारत र बेलायतलाई पछि पारेको छ ।

यस सूचीको दोश्रो स्थानमा १३.४ ट्रिलियन डलर भएको चीन रहेको छ भने तेश्रो स्थानमा ४.९७ ट्रिलियन डलर सहितको जापान छ ।

यस्तै, चौथो स्थानमा ४ ट्रिलियन डलर भएको जर्मनी, पाचौंमा २.८३ ट्रिलियन डलरका साथ बेलायत, फ्रान्स २.७८ ट्रिलियन डलरका साथ छैठौं स्थानमा र भारत २.७२ ट्रिलियन डलरका साथ सातौं स्थानमा छन् ।



प्रतिक्रिया दिनुहोस्