युवाहरुको समुहको कुटपिटबाट घाइते युवकको मृत्यु


नवलपरासी, २० पुस । नवलपरासी (पश्चिम ) मा ७ जनाको समूहको आक्रमणमा गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ । पुस १६ गते बिशाल थापामाथि स्थानीय ७ जना युवाहरूको समूहको कुटपिट गरेका थिए ।

२५ वर्षीय थापाको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न सोही स्थानका गणेश थापा, तुलबहादुर घर्ती, गणेश थापा, भुवनसिंह दर्लामी, टेकबहादुर सोमै, लीलबहादुर दर्लामी, सुस्त सारू, थम्मन बहादुर बारघरे र रेसम दर्लामीलाई पक्राउ गरी सोमबार अदालतमा मुद्दा दायर गरेको छ ।