दिप प्रकाश पाण्डे यसकारण विवादमा


काठमाडौं, २० पौष । नेपाल पुनर्बिमा कम्पनिको सञ्चालक पदमा उम्मेदवारी दिएका दिप प्रकाश पाण्डेमाथि सर्वोच्च अदालतमा एउटा मुद्दा विचाराधीन छ । उनी गैर कानुनी रूपमा सिइओ नियुक्ति भएको भन्दै सर्बोच्च अदालतमा मुद्दा चलिरहेको हो ।

पाण्डे दुई कार्यकाल संचालक भइसकेका हुन् । अब तेस्रो कार्यकालको लागि पनि उम्मेदवारी दिएपछि चासो बढेको छ । यसका लागि उनले विभिन्न कोणबाट सक्रियता देखाइसकेका छन् ।
पाण्डेको संलग्नता धेरै स्थानमा छ । उनी नेपाल बीमक संघको अध्यक्ष समेत हुन् । कोरोना बिमा ल्याउन भूमिका खेल्ने उनी नै हुन् । तर, लाखौं नागरिकले कोरोना बीमा दाबीको भुक्तानी पाएका छैनन् ।

पाण्डेको नियुक्ति गैर कानुनी भएको कारण कानुन बिपरित भएका निर्णय बदर गरी बप संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ बमोजिम योग्यता भएको व्यक्तिलाई नियुक्ति गर्न माग गर्दै अधिवक्ता माधब गौतमले १८ कात्तिक २०७७ मा सर्बोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए । उनलाई २०७३ सालमा नियुक्ति दिँदा बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७३ को दफा २८ बमोजिम अन्तिम एक पटकको अवधिको लागि भनेर लेखिएको थियो ।

२२ पौषमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको २ सञ्चालकको निर्वाचनको लागि ५ जनाको उम्मेदवारी दर्ता भएकोमा एक जनाले नाम फिर्ता लिएपछि दुई जना मैदानमा छन् । जसमा दिप प्रकश पाण्डे पनि छन् । उनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबाट प्रतिनिधित्व गर्छन् ।

पाण्डेको उम्मेदवारी नै विवादमा परेको छ । बीमकको सञ्चालकको पदमा बहाल रहेको व्यक्ति सञ्चालकको पदमा निर्वाचित वा मनोनित हुन अयोग्य मानिने उल्लेख छ ।

पाण्डे सिटिजन्स लाइफ इन्स्योरेन्सको निर्देशकका रुपमा छन् । उनले उम्मेदवारी दर्ता गर्दा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिनिधित्वका रुपमा गरेका छन् ।

निर्देशिको मापदण्ड विपरित पाण्डेको उम्मेदवारी परेकोबारे निर्वाचन अधिकृत सन्तोष कुमार भट्टराईसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

Skip This