Logo

सिराहाका एसपी पाण्डे ३ महिनाको लागि निलम्बित



काठमाडौं, २१ पुस । सिराहाका एसपी हिराबहादुर पाण्डे तीन महिनाको लागि निलम्बनमा परेका छन् । प्रहरी नियमावली र आचारसंहिता विपरित कार्य गरेको भन्दै पाण्डेलाई गृहमन्त्रालयले निलम्बन गरेको हो ।

सरुवाको विषयमा नेपाली कांग्रेस सिराहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हानेर मार्ने धम्की दिएपछि प्रधान कार्यालयमा सरुवा भएको भोलिपल्टै उनलाई निलम्बन गरिएको हो ।

उनलाई इलाम प्रधान कार्यालयको बजेट महाशाखा र सिराहामा रहँदा आथिक अनियमितामा मुछिएका थिए ।



प्रतिक्रिया दिनुहोस्