Logo

एकैदिन ५८ हजार संक्रमित भेटिएपछि दिल्ली र मुम्बईमा कर्फ्यु



एजेन्सी, २१ पुस । भारतको दिल्ली र मुम्बईमा कोरोना भाइरसको संक्रमण बढेपछि कर्फ्युको घोषणा गरिएको छ । भाइरस थप बढ्न नदिन उक्त स्थानमा कर्फ्यु लगाइएको हो । सो स्थानमा कर्फ्युको साथै अन्य प्रतिबन्धहरु पनि लगाइएको छ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोभिड–१९ को संक्रमण एकैदिन ५८ हजार बढी संक्रमित भएपछि एक साताको लागि कर्फ्यु घोषणा गरेका हुन् । केजरीवाल आफु पनि केही दिनदेखि कोरोना संक्रमित भएका छन् । आज सक्रमित भएका मध्ये एकतिहाई दिल्ली र मुम्बईका रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्