Logo

बारको आन्दोलनबारे आक्रोश पोख्दै अधिवक्ता राईले भने : प्रधानन्यायाधीश को हो भनेर च्यालेन्ज गर्न पाईन्छ ? (भिडिओसहित)



काठमाडौं, २१ पुष । संविधानविद् पृथ्वीनाथ राईले नेपाल बारको आन्दोलनमाथि प्रश्न उठाएका छन् । उनले बारले अदालतभित्रै बसेर प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गरेकोमा प्रश्न गरेका हुन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बारका अमुक व्यक्तिहरुले अहिलेको प्रधानन्यायाधीशलाई आन्दोलनबाट हटाएर वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन खोजेको पनि टिप्पणी गरे ।

उनले अहिले बारको आन्दोलन अमुक व्यक्तिहरुको उद्देश्य पूरा गर्नको लागि मात्रै भएको आरोप लगाए । उनले बारले सर्वोच्च अदालत र प्रधानन्यायाधीशविरुद्ध च्यालेन्ज गर्न पाईन्छ ? भन्दै आक्रोश पोखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot