Logo

भारतीय चर्चित गायक सोनु निगमसहित परिवारलाई कोरोना संक्रमण



एजेन्सी, २१ पुस । भारतीय चर्चित गायक सोनु निगमलाई कोरोना संक्रमण भएको छ । निगमसँगै उनकी श्रीमती मधुरिम र छोरा नीवानलाई पनि कोराना संक्रमण देखिएको हो । निगमले आफैले सामाजिक सञ्जालमा एक भिडियो जारी गर्दै आफु र आफ्नो परिवार कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।

परिवारको साथ सोनु अहिले दुबईमा बसिरहेका छन् । कोरोना संक्रमित भएपछि उनी परिवारका साथ क्वारेन्टिनमा बसेको उनले बताएका छन् उनले भिडियोमार्फत भनेका छन्, ‘तपाईहरुलाई नयाँ बर्षको शुभकामना । म कोरोना संक्रमित भएको छु ।’ उनले आफु बिस्तारै ठिक हुने आशा ब्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot