Logo

एनआईसी बैंकको निशुल्क डिजिटल बैंकिङ्ग सुविधा



काठमाडौं, २१ पुस । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रवर्द्धनका लागि मोबाइल ब्यांकिङ एप, वेबसाइट, आईसर्भ तथा इन्टरनेट ब्यांकिङ एनसेल मार्फत निःशुल्क चलाउन सकिने सेवा संचालनमा ल्याएको छ।

ग्राहकले एनसेलको डाटा प्रयोग गरी यी सुविधा उपभोग गर्दा पैसा लाग्नेछैन। एनआईसी एशिया मोबाइल ब्यांकिङ प्रयोग गरी ग्राहकले अन्तरब्यांक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझ्ने, मुद्दती निक्षेप खोल्ने, ब्यांकका शाखा तथा एटीएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, क्यूआर भुक्तानी लगायत सुविधा प्राप्त गन सक्ने बैंकले जनाएको छ ।

बैंकको अनुसार विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर (आईपीओ)को आवेदन समेत दिन सकिनेछ। मोबाइल एप मार्फत कार्ड विना एटीएमबाट रकम झिक्न समेत सकिने ब्यांकले जनाएको छ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot