पाल्पा अस्पतालका कर्मचारीलाई कोरोना संक्रमण, आकस्मिकबाहकेका सम्पूर्ण सेवा बन्द


काठमाडौं, २१ पुस । जिल्ला अस्पताल पाल्पाका ९ जना कर्मचारीहरु कोरोना संक्रमण देखिएपछि अस्पतालले आकस्मिकबाहकेका सम्पूर्ण सेवा बन्द गरेको छ ।

अस्पतालमा कार्यरत निमित्त मेडिकल सुपरिडेण्टसहित ६ जना मेडिकल अधिकृत, एक पारामेडिक्स, एक ल्याव टेक्निसियन र एकजना डेन्टल सर्जन गरी ९ जनामा कोरोना संक्रमण देखिएको हो ।

कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सेवा बन्द गर्नुपरेको अस्पतालले जनाएको छ । कोरोना संक्रमण भएका ९ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।