Logo

उत्तर कोरियाले गरेको आणविक परीक्षणबारे अन्तर्राष्ट्रिय समुदायद्वारा निन्दा



एजेन्सी, २२ पुस। उत्तर कोरियाले गरेको आणविक परीक्षणको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् । उत्तर कोरियाले हिजो (बुधबार) जापानको समुद्री तट नजिकै ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । पछिल्लो परीक्षणलाई लिएर दक्षिण कोरिया, जापान र अमेरिकाले आपत्ति जनाएका छन् । संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई ब्यालेस्टिक क्षेप्यास्त्र र परमाणुअस्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ ।

आफूमाथि लागेका प्रतिबन्ध हटेमात्र आणविक परीक्षण नगर्ने उत्तर कोरियाले बताउँदै आएको छ । आणविक परीक्षणलाई लिएर दक्षिण कोरिया, जापान, अमेरिकाले आणविक होड त्याग्ने उत्तर कोरियाले आफ्नो पूर्ववत् प्रतिबद्धता उलङ्घन गरेको टिप्पणी गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।उत्तर कोरियाले हिजो बिहान परीक्षण गरेको क्षेप्यास्त्र झण्डै पाँच सय किलोमिटर उडेको थियो । उत्तर कोरियाले गरेको यो परीक्षण यस वर्षको पहिलो आणविक परीक्षण हो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्