Logo

आमा बन्दै काजल



काठमाडौं, पुस २२ । बलिउडकी चर्चित अभिनेत्री काजल अग्रवाल आमा बन्दैछिन । केही दिन अघिमात्र अभिनेत्री काजलका पति गौतम किचलूले सन् २०२२ मा आफूहरू आमाबुवा बन्न लागेको सार्वजनिक गरेका छन् ।

पछिल्लो समय फिल्म सुटिङबाट टाढा रहेकी अभिनेत्री हालका दिनमा गर्भवती छिन् । यहि कार्तिकमा मुम्बईको ताज होटलमा निकै कम पाहुनको सहभागीतामा उनको विवाह भएको थियो ।

३५ वर्षकी अभिनेत्रीले उद्योगी किचलुसँगको विवाह गरेकी थिइन्। काजलको पहिलो चलचित्र सन् २००४ को ‘क्यू हो गया’ हो। सन् २००९ मा प्रदर्शनमा आएको चलचित्र ‘मागाधिरा’ले उनलाई नयाँ उचाईमा पु¥याएको थियो। उनी मोडलिङ हुँदै सिनेमा क्षेत्रमा प्रवेश गरेकी हुन्।

काजल साउथ फिल्म उद्योगकी सबैभन्दा सुन्दरी अभिनेत्री हुन। उनले सिंगम, पेरिस पेरिस, टेम्पर मुम्बई सागा, मागाधीरा, जिल्लालगायतका चलचित्रमा अभिनय गरेकी छिन्। बलिउडमा उनले ‘सिङ्हम’मा अभिनय गरेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्