काठमाडौं, २२ पुस । यातायात व्यवस्था कार्यालय सानो भ–याङबाट बुधवार पक्राउ परेका ११ जना बिचौलियालाई प्रहरीले अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरेको छ ।
पक्राउ पर्नेमा अजय मगर, सुरज मगर, हेम बहादुर खपाङ्गी, विश्वबल्लभ लामा, सुवास योञ्जन लामा, सृजन थापा र मेघराज गुरुङ लगायत छन् ।
यातायात कार्यालयमा जाने सेवग्राहीलाई छिटो काम गरिदिन्छौं भनेर अनावश्यक हैरानी दिने र पैसा लिने गरेका उनीहरुमाथि प्रहरीले आरोप लगाएको छ ।




प्रतिक्रिया