Logo

मन्त्रिपरिषदले गरेका यी निर्णय



काठमाडौं, २२ पौष । मन्त्रिपरिषदले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । २१ पौषमा बसेको मन्त्रिपरिषदको निर्णय बिहिबार सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्णयबारे जानकारी दिएका हुन् ।

कृष्णबहादुर राउतलाई सचिवमा बढुवाको निर्णय पनि गरेको छ ।

निजगढको कोहल्वी तेत्तिस केभी सबस्टेशन निर्माणका लागि २ बिघा जग्गा नेपाल विद्युत प्राधिकरणलाई लिजमा उपलब्ध गराउन स्वीकृत दिने निर्णय गरेको छ ।

नेपाल राजपत्रको नियमित अंक हप्ताको दुईपटक सोमबार र बिहिबार प्रकाशन गर्न स्वीकृत दिने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्