Logo

युभेन्ट्स बराबरीमा रोकियो



काठमाडौं, २३, पुस। इटालियन सिरी ए फुटबलमा युभेन्ट्स नापोलीसँग बराबरीमा रोकिएको छ ।

बिहीबार राति भएको खेलमा युभेन्ट्सले नापोलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको २३औं मिनेटमा मेर्टेन्सले गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा फेडेरिको चिसाले ५४औं मिनेटमा गोल गर्दै टोलीलाई हारबाट जोगिए ।

यस बराबरीसँगै २० खेलमा ३५ अंक जोडेको युभेन्ट्स पाँचौं स्थानमा रहेको छ ।

यस्तै, नापोली ४० अंकका साथ तेस्रो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot