Logo

एमाले जिल्ला अधिवेशन : तेह्रथुममा नेतृत्व सर्वसम्मतकाे प्रयास



प्रकाश पाक्साँवा: तेह्रथुम, २३ पुस । एमाले तेह्रथुमको ११औं अधिवेशन सुरु हुँदै लाग्दा नयाँ नेतृत्व चयनका लागि जिल्ला नेताहरू सर्वसहमत चयनको कसरतमा जुटेका छन् । जिल्लाको ६ वटै पालिका सर्वसहमत रूपमा नेतृत्व चयन गरेको एमाले तेह्रथुमले जिल्ला कमिटी पनि सर्वसहमत चयन गर्न प्रयास गरिरहेको छ ।

जिल्ला अध्यक्ष लक्षुमन तिवारी फेरि पनी नेतृत्व लिने दाउमा छन् । पूर्वजिल्ला कमिटी अध्यक्ष तेजमान कन्दङवा पनि त्यही दाउमा छन् । शुक्रबारबाट सुरु हुने जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले तेह्रथुमले जनाएको छ ।

पार्टी नेतृत्वलाई क्रियाशील र सशक्त बनाउन जिल्ला नेतृत्व सहमतिको प्रयासमा जुटिरहेको प्रचार विभाग प्रमुख तथा कार्यालय सदस्य छत्र रिमालले जनाकारी दिए । ४१ वटा वडामा सर्वसहमत र दुईवटामा निर्वाचनबाट नेतृत्व चयन गर्दै पालिकाहरू सर्वसहमत र जिल्ला नेतृत्व पनि सर्वसहमत चयनमा जुटिरहेको नेताहरूले बताएका छन् ।

जिल्ला अधिवेशनबाट ८५ जना भूगोलतर्फ र पाँचजना पदाधिकारी निर्वाचित हुने छन् । अधिवेशनका लागि ६ वटै पालिकाबाट पाँच सय ५० प्रतिनिधि छनाेट भएका छन् । अधिवेशन शनिबार सम्पन्न हुने छ । न्युज कारखाना



प्रतिक्रिया दिनुहोस्