Logo

बेलायती युद्धपोत रुसको पनडुब्बीसँग ठोकिएपछि… (भिडियोसहित)



एजेन्सी, २३ पुस। बेलायती जलसेनाको युद्धपोत रुसी हन्टर किलर पनडुब्बीसँग आन्ध्र महासागरको उत्तरी भागमा ठोकिएको छ । शतियुद्धपछि पहिलोपटक रुस र बेलायतका जहाजहरू एक आपसमा ठोकिएका हुन् । रुसी पनडुब्बी स्कटल्यान्डभन्दा २०० माइल उत्तरतर्फ पानीमुनि तैरिरहेको बेलामा बेलायतको एचएमएस नर्थम्बरल्यान्ड त्यसलाई खोज्दै पुगेको थियो ।

उक्त पनडुब्बीले इन्टरनेट प्रवाह गर्ने समुद्रमुनिको तार काटिदिने आशंका गर्दै बेलायती जहाज पठाइएको थियो । उक्त जहाजमा ध्वनि सुन्ने यन्त्र पनि जडान गरिएको थियो । पनडुब्बीको गतिविधिबाट आउने ध्वनि त्यसले सुन्ने अपेक्षा थियो ।

बेलायती जहाजमुनि रुसी पनडुब्बी आइपुगेको थियो । पनडुब्बी ठोकिएपछि बेलायती जहाजको ध्वनि यन्त्रमा क्षति पुगेको थियो र बेलायती क्रुले मिसन त्यागेर मर्मतका लागि जलसेना अड्डामा फर्किनुपरेको थियो । नेवी सेनाले उक्त घटनालाई दुर्घटनाको संज्ञा दिएको डेली मेलमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्