Logo

बराबरीमा रोकियो संकटा



काठमाडौं, २३ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (शुक्रबार)बाट आठौं चरणका खेलहरु सुरु भएका छन् ।

आठौं चरणको पहिलो खेलमा आज संकटा क्लब सातदोबाटो युथ क्लबसँग बराबरीमा रोकिएको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेल १–१ को बराबरीमा रोकिएको हो ।

खेलको २२औं मिनेटमा सुशिल राईले गोल गर्दै सातदोबाटोलाई सुरुवाति अग्रता दिलाएका थिए । गोल किप्पर राजाबाबु थापाको गल्तीमा फाइदा उठाउदै राई गोल गर्न सफल भएका थिए ।

तर, ३१औं मिनेटमा जय गुरुङले गोल गर्दै संकटालाई खेलमा फर्काएका थिए । गुरुङले डि बक्स बाहिरबाट गरेको प्रहार उत्कृष्ट गोलमा परिणत भएको थियो ।

यस बराबरी सँगै संकटा १४ अंकका साथ तेस्रो स्थानमा यथावत रहेको छ भने सातदोबाटो पनि आठौं स्थानमा यथावत रहेको छ ।

यस्तै, दशौं स्थानमा रहेको एपीएफ र नवौं स्थानमा रहेको जावलाखेल बिचको खेल ४ः४५ बजे सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot