Logo

गठबन्धन भत्काउने रणनीतिमा ओली



काठमाडौं, २३ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटा तथ्यलाई स्वीकारे र अर्को भविष्यवाणी गरे । उनले नेकपा एमाले एकतिर र पाँच दलीय गठबन्धन अर्कातिर भएकाले राष्ट्रिय सभा निर्वाचन आफूहरु प्रतिकूल हुने बताए । अर्को, गठबन्धनको अन्तिम शक्ति राष्ट्रियसभासम्म हुने भन्दै भत्कने भविष्यवाणी गरे ।

दुई तिहाईको सरकारको प्रधानमन्त्री बनेका ओली यसरी खुम्चिए कि गठबन्धनले मिलेर उनलाई जताततै सून्यमा झारिदिए । केन्द्रमा सरकार ढल्यो । ७ मध्ये ६ वटा प्रदेशमा सरकारमा रहेको एमाले प्रतिपक्षमा पुग्यो । राष्ट्रियसभाको एक सिटको चुनाव विगतमा हार्यो । अब १९ सिटका लागि हुने चुनावमा सून्यमा झर्ने स्थिति बनेको छ ।
ओलीले यही यथार्थलाई बुझेर तीन तहको चुनाव अगावै गठबन्धन भत्काउने रणनीति बनाउन थालेका छन् । त्यसका लागि उनले नेपाली काँग्रेसलाई एकल सरकार गठनको प्रस्ताव समेत लगेका छन् । सार्वजनिक रुपमै एमाले एक्लै नहिंड्ने बताइसके ।

ओलीले एमसीसीलाई महत्वपूर्ण अस्त्र देखेका छन् । एमसीसी संसदमा अगाडि बढाइए प्रचण्ड र माधवकुमार नेपालले पारित गर्न नमान्ने र त्यतिबेला आफ्नो दल निर्णायक हुने देखेका छन् । तर, एमसीसी सदनमा अगाडि बढ्न सकेको छैन ।

यसरी नै सदनमा अवरोध रहेमा देश चुनावमा जानसक्छ । ओली त्यही चाहन्छन् । चुनावमा जाँदा गठबन्धन कायमै रहेमा ओलीलाई ठूलो धक्का पर्न सक्छ । देउवा निकट नेताहरु एमाले सून्यमा झर्ने भन्न थालेका छन् । गठबन्धन यसरी नै चुनावसम्म एक भएर गएमा ओलीका लागि ठूलो धक्का हुन सक्छ । त्यसैले पनि ओली गठबन्धन भत्काउने रणनीतिमा लागेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot