Logo

यसरी परेका थिए आनन्दराज बतास ‘स्टिङ अपरेशन’मा (भिडियोसहित)



पुष २३, काठमाण्डौ । एमाले नेताहरुको साथ सहयोगमा देशभरका धार्मिक र पर्यटकिय क्षेत्रका सरकारी जग्गा सस्तोमा लिजमा लिएर मुनाफा आर्जन गरिरहेको यति ग्रुप जस्तै गतिमा अघि बढिरहेको बतास ग्रुपका अध्यक्ष आनन्दराज बतास धेरैका लागि गुमनाम पात्र हुन । गुमनाम भएपनि उनको उच्च राजनीतिक घरानासँगको उठबसले फाइदै फाइदा दिलाएको छ । व्यवसायमा उदाउदै गरेको त्यही बतास ग्रुपका अध्यक्ष आनन्दराज बतासलाई प्राइम टाइम्स टेलिभिजनले स्टिङ अप्रेसन गरेर धेरै कुराहरुको खुलासा गरेको छ ।

आफुमाथि उठेका प्रश्नबारे कुनै पनि सञ्चारमाध्यम होस् या उसको आधिकारिक धारणा बाहिर आउन सकेको छैन् । को होलान आनन्दराज बतास ? जसले राजनीतिक साँठगाँठमा देशभरका सरकारी सम्पत्तीमा रजाँई गरिरहेका छन् । यहि प्रश्न बोकेर टेलिभिजनको कार्यक्रम जनताको इजलासको टोली बिहिबार टंगालस्थित कार्यालयमा पुगेको थियो । मन्दिरकै जग्गामा भवन बनाइरहेका र कार्यालय पनि सञ्चालन गरिरहेका आनन्दराज बतासलाई भेट्न हामीले प्रयास गयौँ ।

हिलेसम्म गुमनाम बनेर भित्रभित्रै राजनीतिक साँठगाँठ गर्न माहिर बतास ग्रुपका अध्यक्ष आनन्दराज बतास भवनको माथिल्लो तलामा बसिरहेका थिए । सुरक्षागार्डको अनुमतिपछि हामी बतासलाई भेट्न उनको कार्यकक्षको छेउमै रहेको वटिङ रुममा प्रतिक्षा गर्यौँ । बतासले उनीसँगै साझेदार रहेका एक ब्यक्तीलाई हामीलाई बुझन पठाए त्यो पनि फरक पहिचानसँगै । तर, हामीले बतासबारे उब्जिएका अनेकौं प्रश्न छन् भनेपछि आइपुगे आनन्दराज बतास ।

हामीलाई थाहा थियो गुमनाम बसेर राजनीतिक शक्ति आर्जन गरेका बतास हाम्रो क्यामरामा बोल्न तयार हुँदैनन् भन्ने । किनकि बतासले अन्र्तवार्ता र कुनै खण्डन नै अहिलेसम्म निकालेका छैनन् । त्यहि भएर हामीले बतास ग्रुपका अध्यक्ष आनन्दराज बतासका भनाई गोप्य तरिकाले रेकर्ड गर्न थाल्यौं । सेतो लामो दारी फुलेका बतास सुरुमै हामीसँग कड्किए, “नारायणहिटी दरबारमा टेन्टर निकाल्यो मंै हाले अनि पाए । धर्मशाला पनि त्यहि हो फिर्ता लैजाओस मलाई चाहिदैन ।”

कतिबेला हास्दै त कतिबेला चर्को स्वरमा दम्भका साथ बतास बोलिरहेका थिए । “प्रधानमन्त्री शेरबहादुर देउवाले दुई पटक समानुपातिक सांसद अफर गरिसके । तर, म खादैन भन्दिए । देउवासँग मेरो सम्बन्ध धेरै नजिक छ । अहिले मिडियामा त सानो न्युज हो ।”

त्यतिमात्रै होइन हामीले बतासलाई सोध्यौ । आरजु राणालाई एडभाइजर राख्नुभएको रहेछ नी ? आरजु राणाले म कुनै कम्पनीमा आवद्ध छैन् भन्दै बिज्ञप्ती प्रकाशित गर्दा बतास ग्रुपसँग जोडियो । यसबारेको जवाफ पनि बतासले दिएका छन् ।
बतासले भाबुक हुँदै भने “देशका राजनीतिक दलका नेताहरुबाट म पिडित मान्छे हुँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै सरकारबाट बढी फाइदा लिनुभएछ नी भन्ने हाम्रो प्रश्नमा बतासले भने ओलीको म ज्वाई नाता पर्छ ।”
नाता पर्ने भएपनि उनीले ओलीसँग चारबर्षदेखि भेटेका छैनन् अरे । तर, प्रधानमन्त्री देउवा नजिकै भएकोले उनको आउजाउ बालुवाटारमा चलिरहेको बताउँछन् ।

टेण्डर पार्नको लागि विभिन्न सेटिङ गर्नुहुन्छ नि ? भन्ने हाम्रो प्रश्नमा उनले सेटिङ् बिना त केही पनि हुँदैन नी तपाईले मलाई यस्तो प्रश्न पनि सोध्ने भन्दै जवाफ फर्काए ।

अझ रोचक कुरा त बतासले बालुवाटारको ललिता निवासको जग्गा नै किन्न तम्सीएका रहेछन् । जग्गा हेर्नेदेखि किन्ने कुरा भएको रहेछ । तर, बतासले आफुलाई भाग्यले बचाएको नत्र भाटभटेनी सुपर मार्केटका मालिक मिनबहादुर गुरुङ भन्दा पहिला आफनो नाम आउने थियो भन्दै खुलासा गरे ।

बतास ग्रुपका अध्यक्ष बतास हाम्रो कुराकानीका क्रममा पटक–पटक दोहोर्याएको कुरा हो, “मलाई यो सरकारी सम्पत्ति चाहिएन । फिर्ता लिओस न त । मेरो खर्च पैसा तिरिदिओस् ।”

हामीले पटक पटक संस्थाको आधिकारिक धारणा क्यामरामै बोलिदिन आग्रह गयौँ । तर, उनी मानेनन् । बरु आफुले भनेको भनाईलाई नै आधार मानेर समाचार लेख्नुहोस् भन्ने जवाफ उनीले दिए ।

आफुलाई शिवभक्त भनेर दाबी गर्ने बतासले आफुलाई भेट्न पुगेका केहीलाई भागवतगिताको पुस्तक उपहार दिने गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्