Logo

एमाले दाङको अध्यक्षमा बस्नेत



दाङ, २४ पुस । नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत निर्वाचित भएका छन् । उनी दाङ जिल्लाका निवर्तमान उपाध्क्ष हुन् ।।

शुक्रबार सम्पन्न १३ औँ जिल्ला अधिवेशनले बस्नेतको अध्यक्षतामा १२१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल र हीरादेवी पुनलाई चयन गरिएको छ । जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्